ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषण, बोनस र नगद कति ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

२० प्रतिशत लाभांशमा १२ प्रतिशत बोनस र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु