यी हुन् नबिल बैंकका ठूला ५ सेयरधनी, एन बी इन्टरनेशनलको ३९.४४% हिस्सा



काठमाडौं । नबिल बैंकको ठूला सेयरधनीमा दुई जना व्यक्ति र तीन कम्पनीसहित ५ रहेका छन् ।

नबिल बैंकमा सबैभन्दा बढी लगानी एन.बी इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात ९ अर्ब ४७ लाख ४६ हजार २०० रुपैयाँको रहेको छ ।

धेरै सेयर स्वामित्व हुने अर्को कम्पनी हो आई.एफ.आई सी बैंक । बैंकको ७.७७ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ३६ लाख ८ हजार ८०० रुपैयाँको सेयर स्वामित्व रहेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात १ अर्ब ७४ करोड १५ लाख १७ हजार ९०० रुपैयाँको सेयर स्वामित्व रहेको छ । निर्वाण कुमार चौधरीको ०.७० प्रतिशत अर्थात १६ करोड १ लाख २३ हजार २ सय रुपैयाँ र बरुण चौधरीको ०.६७ प्रतिशत अर्थात १५ करोड २६ लाख ५७ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु