इन्फिनिटी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

आयकर ऐन २०५८ बमोजिम बोनस सेयर वितरण गर्दा लाग्ने कर छुटको सुविधा रहेको छ । जसले गर्दा नगद लाभांश नछुट्याएको कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।


क्लिकमान्डु