स्वावलम्बन लघुवित्तले माग्यो सहायक प्रबन्धकदेखि वरिष्ठ सहायक पदका लागि ११ जना कर्मचारी



काठमाडौं । स्वालवलम्बन लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको छ ।

लघुवित्तले रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा कर्मचारी छनोट गर्ने भएको छ । लघुवित्तले वरिष्ठ सहायक ८औं पदका लागि १ जना, प्रबन्धक (चार्टर्ड एकाउटेण्ड) ७ औं पदका लागि १ जना, सहायक प्रबन्धक (सूचना प्रविधि) पदका लागि २ जना र सहायक प्रबन्धक(प्रशीक्षार्थी) पदका लागि ७ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ १६ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । दरखास्त दिने अन्तिम मितिसम्ममा आवेदकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला उमेद्धवारको हकमा भने ४० वर्ष ननघोको हुनुपर्ने कम्पनीले जनाएको छ ।

लघुवित्तकाअनुसार आवेदकले वित्तीय संस्थाले तोकेको ढाँचाको दरखास्त फारमा १ प्रति हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो, नोटरी पब्लिकको कार्यालयबाट प्रमाणित नागरिकता, शैक्षिक योग्यताका चारित्रिक एंव लब्भांक प्रमणपत्र, कम्प्युटर तालिमको प्रमणपत्र, कार्य अनुभवको प्रमाणपत्र र अन्न्य कुै प्रमाणपत्र भएमा सोको प्रतिलिपि र नेपाल बाहिरको शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमणपत्र भएमा समकक्षता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।


क्लिकमान्डु