विमान दुर्घटनाः ६८ जना मृत्यु भएको पुष्टि, उद्धार गर्न क्रेनको प्रयोग



काठमाडौं । आइतबार बिहान सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म ६८ जनाको शव फेला परिसकेको छ ।

सेती नदीको खाोँचमा विमान खसेका कारण शव निकाल्न क्रेनको प्रयोग गरिएको छ । कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार अहिले क्रेनको प्रयोग गरेर उद्धार कार्य जारी राखिएको छ ।

उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना यात्रु रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु