विमान दुर्घटनाबारे बुझ्न कल सेन्टर स्थापना, टिआईए र यतिका कर्मचारीसँग सम्पर्क गर्न सकिने
काठमाडौं । सेती नदी खोचमा विमान दुर्घटनामा परेका व्यक्तिको जानकारी लिन यति एयरका कर्मचारी र विमानस्थलमा सम्पर्क केन्द्र तोकिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले आइतबार पोखरामा भएको यति एयरको दु्र्घटनाका बारेमा जानकारी लिन सम्पर्क अधिकारी तोकेको छ ।
उक्त दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले मृतक यात्रुको सम्बन्धमा थप जानकारी चाहिएमा तोकिएका व्यक्तिलाई सम्पर्क गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ०१–४११३१६३ मा सम्पर्क गर्न सकिने छ । यस्तै यति एयरलायन्सका पेम्वा शेर्पालाई ९८०१००७५३१ मा फोन गरेर पनि जानकारी लिन सकिने छ ।