डिप्रोक्स लघुवित्तको लाभांश प्रस्ताव, बोनस भन्दा नगद बढी



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु