प्रभु र सेन्चुरी बैंक मर्जपछिका यी हुन् नयाँ सञ्चालक



काठमाडौं । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैकलाई मर्जर गरेर एकीकृत कारोबार शुरु गरेसँगै नयाँ सञ्चालक समिति पनि चयन भएको छ ।


मंगलबार बाट नै प्रभुु बैंकको नामबाट एकीकृत कारोबार भएको बैंकमा सात जना नयाँ सञ्चालक रहेका छन् । नयाँ सञ्चालक समितिमा लिला प्रकाश सिटौला, रमेश सिंह खड्का, मन बहादुर राई, शंकर प्रसाद कालिकोटा, प्रा. डा. गिता प्रधान, रामेश्वर सापकोटा र अभिषेक बज्राचार्य रहेका छन् ।

बैकका अनुसार यी नै ७ जना बाट एक जना अध्यक्षमा चुनिने छन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहेका छन् । मर्जपछि बैंकको सीईओमा अशोक शेरचन भएका छन् भने डेपुटी सीईओमा मनोज न्यौपाने रहेका छन् ।


क्लिकमान्डु