महुली लघुवित्तले २५ प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

समेबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस सेयर २० र कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैकबाट स्वकृती भए पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।


क्लिकमान्डु