कृषि विकास बैंकले गर्यो लाभांश प्रस्ताव



काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करसहित गरी ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैकबाट स्वकृती भए पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।


क्लिकमान्डु