लक्ष्मी र सनराइज बैंक मर्जरका लागि आजै समझदारी पत्रमा हस्ताक्षर हुने



काठमाडौं । लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्जरमा जानका लागि आज समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
बैंक स्रोतका अनुसार आज ४ बजे समझदारी पत्रमा हस्ताक्षर हुने तयारी रहेको छ ।

लक्ष्मी र सनराइज बैंकको स्वाप रेसियो १ः१ अनुपातमा हुने बताइएको छ । मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने स्रोतको भनाइ छ ।

मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को बन्ने भन्ने अझै तय भएको छैन भने अध्यक्ष लक्ष्मीले नै लिने स्रोतको दाबी छ ।


क्लिकमान्डु