प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.७० प्रतिशतका दरले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु