बैंकहरुले अपेक्षा पूरा नगर्दा मर्जरको नीति लिनुपर्‍यो: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष बैंकहरुको मर्जका लागि निकै उत्साहप्रद वर्ष भएको बताएका छन् ।

यो वर्ष विभिन्न १४ वटा बैंक मर्जरमा गएको उनले बताए ।

सोमबार ग्लोबल आईएमई र बिओके मर्जरपश्चात् आयोजित एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले धेरै बैंक हुँदा वित्तीय साक्षरता बढ्नु पर्नेमा त्यसो हुन नसकेको बताए ।

वित्तीय साक्षरतासँगसँगै वित्तीय कारोबार बढ्ने अपेक्षा धेरै बैंक हुँदा गरिएको भए पनि त्यो पूरा नहुँदा राष्ट्र बैंकले मर्जरको नीति लिनु परेको उनले बताए ।

बैंक मर्जर भएसँगै पुँजी वृद्धि हुँदा उत्पादन मुलक क्षेत्रमा बैंकहरुले लगानी बढाउनु पर्ने उनको भनाइ थियो । साना ऋणीलाई पनि उत्तिकै प्राथमिकता दिएर कर्जा दिन उनको सुझाव थियो ।


क्लिकमान्डु