पालुन खोला हाइड्रोको सेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक



काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ पौष २४ गते आइतबार सम्पन्न भयो । सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरे ।

पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।


क्लिकमान्डु