नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । इन्स्योरेन्सले आर्मी अफिर्सर क्लबमा आयोजित एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा देशभरबाट ८०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता थियो । कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । कार्यक्रममा विशेष कारणबस देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै उनीहरुको सिकाईमा थप टेवा पुग्ने बताएका थिए ।

उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनले बताए ।

नायब महाप्रबन्धक उमापति पोख्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारे ।
कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

२०७९ असोज मसान्त सम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।


क्लिकमान्डु