ज्याक माको स्वामित्वबाट खोसियो एन्ट ग्रुप



एजेन्सी । चीनका अर्बपति ज्याक माको स्वामित्वमा रहेको फिनटेक कम्पनी ‘एन्ट ग्रुप’ उनको हातबाट गुमेको छ ।

कम्पनीलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार अब ज्याक माको हातबाट कम्पनीको स्वामित्व गुमेको छ । ज्याक मा एन्ट ग्रुपको संस्थापक थिए र कम्पनीलाई हातको अवस्थामा ल्याउनमा उनको प्रमुख भूमिका रहेको थियो ।

तर, अहिले कम्पनीमा ५०.५ प्रतिशत हिस्सा रहेका ज्याक माको स्वामित्वबाट कम्पनी खोसेर केवल १० प्रतिशत उनीसँग रहन दिइएको छ ।

रोयटर्सको रिपोर्टकाअनुसार कम्पनीमा कुनै पनि निर्णयमा ज्याक माले आफ्नो प्रतिक्रिया दिन पाउने अघिकारलाई पनि घटाइएको छ । उनीसँग यसअघि भएको ५० प्रतिशत भोटिङ राइट्सलाई हटाएर ६.२ प्रतिशत बनाइएको छ ।

एन्ट ग्रुप चीनकै पुरानो र विश्वकै शीर्षमध्येको एक ईकमर्स कम्पनी अलीबाबाको सहयोग कम्पनी हो । तर, अहिले कम्पनीमा हलचल आएको छ ।

चीन सरकारसँगको सम्बन्धका कारण केही समय यता समस्याले घेरिएका ज्याक माको लागि यो कुराले महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।


क्लिकमान्डु