यी हुन् एनएमबि बैंकमा ठूला १६ सेयरधनी, नेपाली भन्दा विदेशीको हिस्सा बढी



काठमाडौं । एनएमबि बैंकमा १६ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा रहेको ठूला १६ सेयरधनीमा ४ स्वेदशी तथा विदेशी कम्पनी र बाँकी नेपाली रहेका छन् ।

०.५ प्रतिशत भन्दा बढी हिस्सा रहेका ठूला कम्पनीमा एफएमओ नेदरल्याण्डसको १६.६९ प्रतिशत अर्थात २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै कर्मचारी संचय कोषको ५.५३ प्रतिशत अर्थात १ करोड १ लाख ५० हजार ७२९ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै यंग लियन रियल्टी एस डी एन वि एच डी मलेसियाको ४.२२ प्रतिशत अर्थात ७७ लाख ४२ हजार २७० कित्ता, गाईत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.९२ प्रतिशत अर्थात ३५ लाख १९ हजार ५१३ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी नन्द किशोर राठीको १.६८ प्रतिशत अर्थात ३० लाख ९३ हजार ३२० कित्ता, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत अर्थात २८ लाख ६ हजार १६१ कित्ता, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात १९ लाख १ हजार ९८७ कित्ता, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात १७ लाख ४४ हजार ३८९ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात १६ लाख ७४ लाख १०१ कित्ता, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत अर्थात १२ लाख ९५ हजार ४९२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात १० लाख ५८ हजार ६९७ कित्ता, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात ९ लाख ७२ हजार ५७३ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात ९ लाख ५० हजार ९३२ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु