नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेबाट, २ दिन कारोबार अवरुद्ध हुने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेबाट हुने भएको छ ।

दुवै बैंक एक आपसमा मर्जर भएर २७ गतेबाट एकीकृत कारोबार हुन लागेको हो । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्टारको कार्यालयले समेत स्वीकृति दिइसकेका छन् ।

राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले २१ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएका हुन् । यो सँगै २७ गते एकिकृत कारोबार गर्ने तयारी भएको छ ।

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । इन्भेष्टमेन्टले मेगालाई १००ः९० अनुपात स्वाप रेसियोमा मर्जर गर्न लागेको हो ।

यो सँगै मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ, मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।

पुस २७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २५ र २६ गते सबै सेवाहरु अवरुद्ध हुने जनाइएको छ ।


क्लिकमान्डु