स्वावलम्बन लघुवित्तले माग्यो ५० जना कर्मचरी, एसएलसी पासलाई पनि अवसर



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५० जना कर्मचारी माग गरेको छ ।

लघुवित्तले संस्थाको कार्यक्रम संचालन तथा विस्तार गर्न प्रशिक्षार्थी(तालिमे)हरु अर्थात कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो ।

मान्यता शिक्षण संस्था/बोर्डबाट न्यूनतम एसएलसी वा सो सरह उत्तिर्ण भएका इच्छुक व्यक्तिले यस पदका लाागि आवेदन दिन सक्ने लघुवित्तले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, नेपाल परीक्षा बोर्डबाट एसईई परीक्षमा सहभागी भएकाहरुको हकमा उक्त परीक्षामा स्तरीकृत अंक न्यूनतम १.६(उपलब्धिस्तर ‘डि’ हाँसिल गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । सार्थै, कम्तीमा ३ महिना वा ७५ दिन वा १८० घण्टाको आधारभूत कम्प्युटर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने कम्पनीको भनाइ छ ।

लघुवित्त संस्थाहरुमा काम गरेको अनुभव भएका तथा मोटरसाइकल÷स्कुटरको चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु