सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न माघ १५ गते वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा अपरान्ह ५ बजेदेखि अलोफ्ट काठमाडौं ठमेल, छायादेवी कम्प्लेस ठेमलमा हुने छ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षककको प्रतिवेदन सहितको आव २०७७/०७८ को वासलात, नाफा, नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटी भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसस्चीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

यस्तै, सभाले सञ्चालकको नियुक्तिको नियुक्त बारे र र स्वतन्त्र सञ्चालकको नियुक्ति लगायतका सामान्य प्रस्ताव अनुमोदन गर्नेछ।


क्लिकमान्डु