नयाँ अर्थ सचिवलाई अर्थमन्त्रीको स्वागत



काठमाडौं । अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले आजबाट अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरे ।

साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई बिदाइ गरे । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको थियो । सरकारले अर्थसचिव पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजस्व सचिव दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।


क्लिकमान्डु