गरिमा विकास बैंकका सीईओको तलब भत्ता १ करोड १० लाख



काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द प्रसाद ढकाललाई १ करोड १० लाख ८८ हजार २४१ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले गत आवमा सीईओलाई तलब, भत्ता, पोशाक, दशैं भत्ता, कर्मचारी संचयकोष योगदान लगायतका शीर्षकमा उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

यस्तै नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवलाई ६४ लाख ६२ हजार ३८ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।

सीईओ र नायव प्रमुख कार्यकारी अधिकृतलाई नियमानुसार कर्मचारी बोनस, बिदा बापतको रकम समेत प्रदान गरिएको भने सीईओ र नायव प्रमुख कार्यकारी अधिकृतलाई आवासको लागि घर भाडामा लिई उपलब्ध गराईएको बैंकले जनाएको छ ।


क्लिकमान्डु