कृषिलाई सम्मानित पेशा बनाउने मुक्तिनाथ बैंकको अभियान निरन्तर



काठमाडौं । गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी,घरघर रोजगारी लाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटि उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

यसै सिलसिलामा हालै मात्र नवलपरासी जिल्लाको हुप्सेकोट गापामा स्थानीय समाजसेवी ओम घर्ति मगरको सहजीकरणमा स्थानीय कृषक टोपबहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थाको नाममा भेलामार्फत तदर्थ समिति गठन गरि सहकारी दर्ता प्रकृया अघि बढाउने निर्णय भएको छ ।

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गापाका प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित भेलामा सम्बन्धित वडाका अध्यक्ष,स्थानीय बुद्धिजिबि, समाजसेवी, कृषक,उद्यमी लगायत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना,अनुज अधिकारी र मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोकाले सहजिकरण गरेका थिए ।

सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसंग जोड्ने पुलको काम गर्नेछ । सहकारीको माध्यमबाट उत्पादक देखि उपभोक्ता सम्मको मूल्य श्रृखला निर्धारण गर्ने काम हुनेछ ।

सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई आफ्नो परियोजना संचालनका लागि आवश्य पुँजीको ब्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारी मार्फत उपलब्ध गराउनेछ भने कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी तालिम,प्रशिक्षण,विउविजन,विषादी लगायतका उपजहरु र आवश्यक प्रविधिक सामाग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारी मार्फत उपलब्ध गराउनेछ । साथै कृषक तथा उद्यमीहरुले उत्पादन गरेका सम्पुर्ण सामाग्रीहरु सहकारी मार्फत संकलन गरि मुक्तिनाथ कृषि कम्पनीले उपभोक्ता सम्म पु¥याउने कामको जिम्मा लिनेछ ।

यस किसिमको कार्य नेपालमै पहिलो पटक मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा हुन गईरहेको हुँदा यसले भविष्यमा कृषि पेशा सम्मानित पेशाको रुपमा विकसित भई हरेक घरघरमा रोजगारी श्रृजना हुने र यस पेशामा शिक्षित युवाहरुको समेत अकर्षण बढ्ने हुँदा विदेशिने युवाको संख्यामा कमी आउनुको साथै भविष्यमा आर्थतन्त्रमा नै यसले ठुलो योगदान पुग्ने कुरामा आफु ढुक्क रहेको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष ढकालले बताए ।

नेपाल जस्तो देशका लागि यस सहकारीको अबधारण अत्यन्तै अपरिहार्य भएको र यसले भविष्यमा नेपालको कृषि क्षेत्रमा आमुल परिर्वतन आउने अपेक्षा लिएको कुरा यसै भेलामा विशेष अतिथिको रुपमा उपस्थित सहकारी अभियान्ता,मुक्तिनाथ कृषि कम्पनी लि.का संचालक तथा मुक्तिनाथ क्यापिटलका अध्यक्ष सिताराम काफ्लेले बताए ।


क्लिकमान्डु