लाभांश प्रस्ताव पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेको इन्स्योरेन्सले माघ १५ गते २७ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

इन्स्योरेन्सले लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने तथा अधिकृत पुँजी वृद्धि गर्ने, सेयर संरचनाअनुसार संचचालक समितिमा प्रतिनिधित्व गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश प्रयोजनका लागि इन्स्योरेन्सले माघ ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन र लाभांश पाउन सक्नेछन् ।


क्लिकमान्डु