चिलिमेसहित पाँच कम्पनीको साधारणसभा आज, चार वटाको लाभांश प्रस्ताव अनुमोदन हुँदै



काठमाडौं । पुस २२ गते आज पाँचवटा कम्पनीको साधारणसभा बस्दैछ । गरिमा विकास बैंक, चिलिमे जलविद्युत कम्पनी, यूनियन हाइड्रोपावर, नेपाल इन्स्योरेन्स र विन्ध्यवासीनी हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न हुने भएको हो ।

चारवटा कम्पनीको साधारणसभाले लाभांश प्रस्ताव अनुमोदन गर्नेछन् । गरिमा विकास बैंक, चिलिमे जलविद्युत, नेपाल इन्स्योरेन्स र विन्ध्यवासीनी हाइड्रोपावरकाको लाभांश प्रस्ताव अनुमोदन हुने भएको हो ।

नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ । सभा ११ बजेदेखि शुरु हुनेछ । सभाले ०७८/०७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर गरी कुल २०.४२११ प्रतिशत नगद लाभांश अुमादेन गर्नेछ ।

साधारणभसा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ८ बुक क्लोज गरेको थियो । जसअनुसार पसु ७ गतेसम्म नेप्सेमा कायम सेयरधानीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्टले कम्पनीको कार्यालय परिसर काठमाडौंमा पुस २२ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले ०७८/०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.०२६३२ प्रतिशत नगद लाभांश अनुमादेन गर्नेछ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ बुक क्लोज गर्ने निर्णय गरेको थियो । गरिमा विकास बैंकको १६ औं वार्षिक साधारसभा होटल ग्राण्ड, कास्कीमा बस्दैछ । सभा ११ बजेदेखि शुरु हुनेछ । सभाले आव २०७८÷०७८ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांशको प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । चिलिमे जलविद्युत कम्पनीको २६ औं वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्दैछ । सभा ११ बजेदेखि शुरु हुने छ । सभाले आव २०७८/०७९ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लभांश प्रस्ताव अनुमोदन गर्नेछ । कम्पनीले लाभांश र सभा प्रयोजनका लागि बुक क्लोज गरेको थियो ।

यूनियन हाइड्रोपावरको १६ औँ वार्षिक साधारणसभा सिद्धार्थ कटेज, ललितपुर, धोविघाटमा बस्दैछ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।


क्लिकमान्डु