अमेजनबाट १८ हजार कर्मचारीलाई निकाल्ने घोषणा



काठमाडौं । विश्वकै चर्चित प्राविधिक उद्योगले कर्मचारी निकाल्ने शिलशिला केही कम भइरहेको बेला अमेजनले आफ्ना हजारौं कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ ।

अमेजनका मुख्य कार्यकारी अधिकारी एन्डी जेसीले आफ्ना कर्मचारीहरुलाई सम्बोधन गर्दै १८ हजार कर्मचारीलाई कामबाट निकाल्ने जानकारी दिएकी हुन् ।

उनले यो घोषणाअन्तर्गतबाट निकालिने हुने कर्मचारीहरुलाई १८ गतेसम्ममा सूचना दिइने समेत जनाएकी छिन् ।

कम्पनीकाअनुसार यसरी बर्खास्त हुने कर्मचारीहरुको संख्या १८ हजार रहेको छ । कम्पनीमा हाल कार्यरत रहेका तीन लाख कर्मचारीहरुमध्येबाट ६ प्रतिशतअर्थात १८ हजार कर्मचारीलाई निकाल्ने घोषणा अमेजोनले गरेको छ ।

अमेजनले यसअघि नोमेम्बरमा सूचना सार्वजनिक गर्दै आफ्नो कम्पनीमा भइरहेको खर्चलाई कम गर्ने भन्दै केही कर्मचारीलाई निकाल्ने घोषणा समेत गरेको थियो ।

एन्डीले भनेकी छिन्, ‘हामी यो कदमबाट प्रभावित मानिसहलाई सहयोग गर्ने कोसिस गरिरहेका छौं । हामी आफ्ना कर्मचारीहरुलाई एउटा प्याकेज पनि दिएका छौं, जसमा आर्थिक सहायता, जागिर प्रतिस्थापन भइरहँदा लागु हुने स्वास्थ्य विमासँगै नयाँ र ठूला कम्पनीमा जागिर खोज्नमा पनि हामी सहयोग गर्नेछौं ।’

सँगै उनले अमेजनले यसअघिको आर्थिक मन्दीका बीचबाट पनि निस्किएर आएको भएकाले अब पनि त्यस्तै गर्ने समेत बताएकी छिन् ।

विश्वकै सबैभन्दा ठूलो ईकमर्श कम्पनी रहेको अमेजन संसारभरका सैयौं देशमा फैलिएको छ । अमेरिकादेखि एसिया, युरोपलगायतका सैयौं देशमा अमेजोनका कर्मचारीहरुले काम गरिरहेका छन् ।

तर, कम्पनीले निकाल्ने घोषणा गरेको संख्याका कर्मचारीहरु कुन देशबाट रहेका छन् भन्ने सार्वजनिक गरेको छैन । कम्पनीले हालसम्म सार्वजनिक गरेको जानकारीअनुसार धेरै कर्मचारीहरु अमेजोनको स्टोर अपरेसन, प्राविधिक टिमलगायतको शाखाबाट हुनेछन् ।


क्लिकमान्डु