सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादीले निर्णय लिन सकेन, सचिवालयलाई जिम्मा



काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादी निर्णयमा पुग्न सकेन।

मंगलबार बसेको पोलिटब्यूरो बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

‘सरकारमा सहभागी हुनेबारे पोलिटब्‍यूरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको छ । केन्द्रीय सचिवालयले यसको बारेमा आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ’ बैठकपछि उनले भने ।

उनले सरकारमा सहभागिताका लागि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको बताए ।


क्लिकमान्डु