सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा मंगलबार १४ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु