रविन्द्र भट्टराईको पुस्तक जीवन बीमा प्रकाशन



काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईको बीमा सम्बन्धी पुस्तक ‘जीवन बीमा’ प्रकाशन भएको छ । लामो समयदेखि वित्तीय साक्षरतामा कलम चलाइ रहेका भट्टराईले पाठकमा बीमासम्बन्धी जानकारी दिने उद्देश्यका साथ जीवन बीमा पुस्तक ल्याएको बताएका छन् ।

पाठकहरुको बढ्दो रुचि, बदलिदा वित्तीय आवश्यकता र बीमाको फैलदैँ गएको बजारमा यसको आवश्यकता अझ बढी देखिएको उनी बताउँछन् । बीमा बजारको गुणस्तरीयतामा वृद्धि, जीवन बीमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्न बीमा ऐन र नियमावलिमा भएका पछिल्ला व्यवस्थाको उदेश्य पूरा गर्न यसले सहयोग पुर्याउने उनको विश्वास छ । बीमा गर्न चाहने, बीमाको आवश्यकता बुझ्न चाहने अनि बीमा अभिकर्ताका रुपमा काम गर्न चाहने र गरिरहेका तथा बीमा बजारको नियमन गर्ने सवै पक्षलाई यो पुस्तकले सहयोग पुर्याउने उनी बताउँछन् ।

मानिसको वित्तीय योजना (फाइनान्सियल प्लानिङ) भित्र दैनिक खर्च व्यवस्थापन, लगानी, निवृत्त जीवनको वित्तीय योजना, कर सँगै जीवन बीमा पनि पर्छ । जीवन बीमा मानिसको जीवनलाई आधार बनाएर गरिने बीमा हो । जुन धेरैका लागि कम रुचि तर बढी आवश्यकताको बिषय भएको उनी बताउँछन् ।

यस्तै जीवन बीमालाई आवश्यकताअनुसार जीवनमा कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिनु पनि यो पुस्तकको उद्देश्य रहेको उनी बताउँछन् ।

भट्टराईले यसअघि सेयर मन्त्र, सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर कमोडिटिज तथा विदेशि मुद्राको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता पुस्तक लेखि सकेका छन् । पाठकका रुचि, बिचार, सल्लाह र सुझाव नै लेखनको महत्वपूर्ण उर्जा रहेको भट्टराई बताउछन भने उनले बीमा प्राधिकरणका ऐन, नियम, निर्देशिकाहरुमा ल्याइएका परिवर्तन सँगै पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै जाने प्रण गरेका छन् । २१६ पेज रहेको यो किताबको मूल्य ३६५ रुपैयाँ राखिएको छ ।


क्लिकमान्डु