सुनको मूल्य प्रतितोला १ लाख १४ सय रुपयाँ कायम, चाँदीको कति ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ५ सय रुपैयाँले बढेर १ लाख १४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा शुक्रबार १३ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु