रेलले किचेर धनुषामा एक जनाको मृत्यु



धनुषा । जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले किच्दा एक जनाको मृत्यु भएको छ ।

बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदाको मृत्यु भएको हो ।

बुधबार बिहान ९ बजेर २० मिनेटमा वैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई किचेको थियो ।

स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए ।


क्लिकमान्डु