सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको थियो । बुधबार ४ सय रुपैयाँले बढेर १ लाख ११ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु