नयाँ अर्थमन्त्रीबाट विगतकोभन्दा राम्रो कामको अपेक्षा छ: श्रेष्ठ



नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताए ।

मंगलबार काठमाडौंमा भएको नेपाल पर्यटन विकास व्यवसायी संघको साधरण सभामा श्रेष्ठले नयाँ उर्जाका साथ वर्तमान सरकार आएकाले अर्थमन्त्री पौडेलले पहिलाको भन्दा अर्थतन्त्र चलायमान बनाउने काम गर्ने अपेक्षा रहेको बताए ।

उनले पर्यटन विकासको लागि वर्तमान पर्यटन मन्त्रीले जारी गरेको पर्यटन दशकलाई पाँच वर्ष बनाउन नहुने उल्लेख गरे । श्रेष्ठले विगतको सरकारले गरेका कामलाई नयाँ आउने सरकारले परिर्वतन नभएर व्यवस्थित बनाउँदै जान आवश्यक रहेको पनि बताए । सरकारले पर्यटन व्यवसायीहरुलाई पर्यटन प्रवद्र्धन गर्न जाँदा वा पर्यटन क्षेत्रमा लगानी गर्दा राजस्वमा छुट दिनुपर्ने बताए ।


क्लिकमान्डु