पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंसिर ४ मा भएको निर्वाचनपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो ।


क्लिकमान्डु