सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्याे, चाँदीको स्थिर



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु