सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँका कायम भएको थियो । आइतबार २ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु