सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएको थियो शुक्रबार घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु