दक्षिण कोरियाबाट १ सय होल्स्टेन फ्रिजन जातका कोरेली गाई ल्याइँदै, ३६ वटा नेपाल आइपुग्यो



काठमाडौं । दक्षिण कोरीयाबाट नेपालमा १ सयवाटा होल्स्टेन फ्रिजन जातका कोरेली गाई ल्याइने भएको छ ।

दक्षिण कोरिइा सरकारबाट हेफर इन्टरनेशनमार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रुपमा उपलब्ध गराएका मध्ये बिहीबार पहिलो चरणमा ३६ वटा कोरेली गाई, ६ वटा प्रजनन साँढे र ३४ लिटर जमेको वीर्य ल्याइएको छ ।

कोरियाबाट चार्टर गरेर कार्गोमार्फत गाई र साढे ल्याइएको थियो ।

उक्त गाई तथा राँगा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सुले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा. दिपककुमार खराललाई हस्तान्तरण गरेका छन् । चार चरणमा गरी डिसेम्बर २८ अर्थात पौष १३ गतेसम्म सबै कोरेली गाई र प्रजनन राँगा नेपाल ल्याइ सकिने मन्त्रालयले जनाएको छ । ्

बिहीबार ल्याइएका ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन राँगा केही दिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखि पशु प्रजनन कार्यालय पोखरा र लाहान कार्यालयमा तथा कमलामाइ नगरपालिकामा हस्तान्तरण गरिनेछ । यसरी प्राप्त आनुवांशिक स्रोतवाट नेपालमा उच्च प्रजनन मानका गाइको स्रोत केन्द्र विकास, दुध उत्पादन वृध्दि तथा जातीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु