आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।

प्रचण्ड प्रधानमन्त्री बन्ने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको उनको भनाइ थियो । उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताए ।

‘अबको सरकारको नेतृत्व हुनेवाला प्रधानमन्त्रीले गर्नुहुन्छ । जसमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरुको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो । राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ । वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ । राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ । मैले देखेको दुईजना हुनुहुन्छ । रामचन्द्र पौडेल र माधव नेपाल ।’


क्लिकमान्डु