पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ खण्ड मर्मतका लागि बोलपत्र आह्वान



काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ सडकखण्डको मर्मतका लागि बोलपत्र आह्वान भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्देशनालयअन्तर्गतको पर्वतको कार्यालयले सूचना जारी गर्दै बोलपत्र आह्वान गरिएको हो ।
कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गतको पर्वत खण्डमा पर्ने साँधखोला पुलदेखि कालीगण्डकी पुलसम्मको सडक खण्डको मर्मत र बागलुङ जिल्लाअन्तर्गत पर्ने भुर्तिबाङ्गदेखि पतीहाल्नेसम्मको सडकखण्डको मर्मतका लागि बोलपत्र आह्वान गरेको छ ।

कार्यालयकाअनुसार साँधखोला पुलदेखि कालीगण्डकी पुलसम्मको सडकखण्डको अनुमानित लागत १ करोड ४५ लाख ३६ हजार ६३३ रुपैयाँमा बोलपत्र खुलाइएको छ ।

इच्छुक कम्पनीहरुले सुचना जारी भएको १२० दिनसम्म टेण्डर भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु