सुनको मूल्य प्रतितोला १ लाख १२ सय पुग्यो



काठमाडौं । सुनको मूल्य बढेर प्रतितोला १ लाख १२ सय पुगेको छ ।

मंगलबार छापावाला सुनको सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको थियो । बुधबार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु