छायादेवी कम्प्लेक्सले एकै वर्ष गर्यो साढे ५९ करोडको व्यापार



काठमाडौं । छायादेवी कम्प्लेक्सले एकै वर्ष साढे ५९ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ५९ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्प्लेक्समा व्यवसायसँगै पाँच तारे होटल पनि सञ्चालन गर्दै आएको छ । १६७ कोठासहितको पाँच तारे होटल रहेको कम्प्लेक्समा व्यवसायिक पसल पनि छन् । हालसम्मक कम्प्लेक्सको ७२ प्रतिशत व्यवसायिक पसल बिक्री भइसकेको छ भने होटल निर्माणको कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीअनुसार २८ प्रतिशत खाली ठाउँ सिनेमा हल, खानाका लागि ठाउँहरुको व्यवस्था गरेको जनाएको छ ।

कम्प्लेक्सले सन् २०२१ मा १७ करोड ४९ लाख रुपैयाँ र सन् २०२० मा २९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले ग्लोबल होटल ब्रान्डको फ्रेन्चाइजमा अलोफ्ट होटल सञ्चालन गर्दै आएको छ ।

पृथ्वीबहादुर पाण्डे, निर्मल प्रधान, दिपकमान शेरचन, मिजास भट्टचन, एम/एस स्याकर ट्रेडिङ कन्सर्न, एक÷एस हिमालय इन्फ्रास्टक्चर फण्ड र मेहेश्वर प्रकाश श्रेष्ठको स्वामित्व रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०१९ मा मात्रै होटल सञ्चालनमा ल्याएको थियो । ठमेलमा रहेको उक्त कम्पनीको व्यापारमा कोरोनाले निकै प्रभाव पारेको थियो ।


क्लिकमान्डु