महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम शुरु, तीन हजार बढीले अप्रत्यक्ष रोजगारी पाउने



काठमाडौं । ‘युवासँग महालक्ष्मी लाइफ’ को सफलता पछि महालक्ष्मी लाइफ इन्स्योरेन्सले‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा उक्त कार्यक्रमको उद्धघाटन गरेका हुन् ।

समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए ।

समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकाले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले ‘महिला सशक्तिकरणमा(महालक्ष्मी लाइफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए ।

‘देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकाले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन,’सीइओ भट्टराईले भने,‘ महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने छ ।’

कम्पनीकाअनुसार आव २०७९/८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा संचालन हुनेछ । उक्त कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य कम्पनीले लिइएको छ ।यो कार्यक्रममा सरकारी, गैर सरकारी निकाय संग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा

लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको कम्पनीको भनाइ छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०७८÷७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी गर्ने ‘युवासंग महालक्ष्मी लाइफ’ कार्यक्रम संचालन गरेको थियो ।

एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा ८ हजार भन्दा बढी युवालाई तालिम प्रदान गरेको थियो ।


क्लिकमान्डु