सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार सुनको मूल्य स्थिर रही छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार १ सय रुपैयाँले घटेर १ लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको थियो । मंगलबार घटेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु