फर्स्ट माइक्रोफाइनान्सको आकर्षक लाभांश, बुक क्लोज कहिले ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा बोनस १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यस्तै सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस ३० गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको छ । त्यसका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । १६ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु