लाभांश प्रस्ताव पारित गर्न यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गतेका २९ औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभा अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम ५ करोड १४ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतका दरले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ २१ पैसा वितरण गर्ने प्रस्ताव अनुमोदलन गर्ने छ ।

यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बोजिम संचालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्नेछ ।

उक्त सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहित आव २०७८/७९ को वासलात, नाफा नोक्सन हिसाब, नगद प्रवाह वितरण सशित अनुसूचीहरु लगायतका सामान्य प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले आव २०७९/८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत साभाले अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस १७ गते एक दिनका लागि सेयर धनी दर्ता किताब(बुकक्लोज) गर्ने भएको छ ।
जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु