लुम्बिनी विकास बैंकले १२ % लाभांश दिने, बाेनस भन्दा नगद तेब्बर बढी, बुक क्लोज कहिले ?



काठमाडौं । सेयरधनीलाई लाभांश घोषणा गरिसकेको लुम्बिनी विकास बैंकले बुक क्लोजको मिति तय गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले बोनस ३ प्रतिशत बोनस र कर प्रयोजनसहित ९ प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकले पुस २६ गते साधारणसभा बोलाएको छ । सभाका लागि पुस १३ गते बुक क्लोज गर्ने भएको छ । १२ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु