ट्विटरमा अन्य सामाजिक सञ्जालको लिंक राख्न प्रतिबन्ध



एजेन्सी । ट्विटरका मालिक एलन मस्कले अन्य सामाजिक सञ्जालको लिंक ट्विटरमा राख्न प्रतिबन्ध लगाएका छन् । उनले ट्विटरमार्फत जानकारी दिदैं अन्य सामाजिक सञ्जालको लिंक सेयर गरेर गरिने विज्ञापनलाई प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन् ।

ट्विटरले यो नीति आइतबारबाट लिएको हो । मस्कले ट्विटको श्रृङखलामार्फत यस्तो जानकारी दिएका हुन् । यो विषयमा ट्विटरले जानकारी दिदैं लेखेको छ, ‘हाम्रो सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ता सक्रिय रहेको हामीले थाहा पाएका छौं । तर, अबदेखि यहाँ अन्य सामाजिक सञ्जालको लिंक सेयर गरेर विज्ञापन गर्नलाई छुट हुनेछैन ।’

यति कुनै प्रयोगकर्ताले यस्तो गरेमा उक्त प्रयोगकर्ताको एकाउन्टलाई नै निलम्बन गरिने बताएका छन् । सँगै प्रोफाइलमा पनि बाहिरी सामाजिक सञ्जालको लिंक राख्न पाइने छैन ।

यस्ता सामाजिक सञ्जालहरुमा ट्विटरले फेसबुक, इन्स्टाग्राम, मेस्टोडन, ट्रुथ सोसियल, नोस्टर, पोस्ट र ट्रिबेल रहेको छ ।
टिकटक, टुम्ब्लिर, सब्सट्याक, रेडिट, पेट्रियन, अन्लीफेन्सजस्ता सामाजिक सञ्जालका माध्यमलाई भने यो लागु हुने वा नहुने भन्ने विषयमा खुलाइएको छैन् ।


क्लिकमान्डु