गरिमा विकास बैंकको फोरन इम्प्लोइमेन्ट आईपीओ एकाउन्टको सुरुवात



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पुर्‍याउने उद्धेश्यले फोरन इम्प्लोइमेन्ट आईपीओ एकाउन्टको सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि यस विकास बैंकले विशेषतः यो खाता संचालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहने नेपालीहरुले सजिलै बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको छ ।


क्लिकमान्डु