नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ बिहीबार हुने



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरुको शपथ हुने भएको छ ।

संघीय संसद् सचिवालयले सोमबार सूचना प्रकाशित गरि पुस ७ गतेका लागि शपथ कार्यक्रम आयोजना गरिएको जनाएको हो ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्‌को प्रत्येक सदनको सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

पहिले ज्येष्ठ सदस्यले सपथ लिने र उसैले अन्य सदस्यलाई शपथ खुवाउने संसद् सचिवालयले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एंवै पासपोर्ट साइजको फोटो लगायतका कागजपत्र ल्याउन सचिवालयले भनेको छ ।

मातृभाषामा सपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको प्रतिसहित तीन दिन अगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन सूचनामा आग्रह गरिएको छ ।


क्लिकमान्डु